तनहुँ । जेठ २५
बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले जिल्ला ट्राफिक कार्यालय तनहुँले एम्बुलेन्स चालकहरुकोलागि सचेतना कार्यक्रम सोमबार आयोजना गरेको छ ।



कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रदिप थापाले तनहुँ जिल्लाबाट सन्चालित हुने एम्बुलेन्सका चालकहरु बिरामीको ज्यान जोगाउने जस्तो संवेदनशील कार्यमा अहोरात्र खटिने तथा एम्बुलेन्सहरू कतिपय अवस्थामा आफैँ दुर्घटनामा पर्ने गरेको, गति सीमितता पालना नभएको र अन्य गैर–कानुनी गतिविधिमा संलग्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी चालकहरू थप जिम्मेवार र सचेत हुनुपर्ने बताए ।












