अवैध नदीजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २५

तनहुँ प्रहरीले जिल्लाका विभिन्न नदी तथा घाटबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

व्यास नगरपालिका–७, कलेस्तीस्थित दुलेपानीबाट कलेस्तीतर्फ आउँदै गरेको एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही गरेको छ । प्रहरी चौकी कलेस्तीबाट खटिएको चेकिङ टोलीले आइतबार जाँच गर्ने क्रममा आवश्यक कानुनी कागजातबिना अवैध रूपमा बालुवा उत्खनन गरी ढुवानी गर्दै गरेको अवस्थामा उक्त ट्याक्टर नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार नियन्त्रणमा लिइएको सवारीसाधनलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकामा पठाइएको थियो । नगरपालिकाले १२ हजार रुपैयाँ जरिवाना गरेपछि उक्त सवारीसाधन छाडिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान