तनहुँ प्रहरीद्वारा जेठ महिनामा ५१ वटा मुद्धा दर्ता, ३७ जना पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । असार २

जिल्ला प्रहरी कार्यालय तनहुँले जेठ महिनाभर ५१ वटा मुद्धा दर्ता गरेको छ । जसमा जघन्य तथा गम्भिर अपराध तर्फ १० वटा, महिला तथा बालबालिकासँग सम्बन्धित ३ वटा, आर्थिक अपराध सम्बन्धी ६ वटा र अन्य मुद्धा ३२ वटा रहेको छ । उक्त मुद्धासँग सम्बन्धित ३७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

यस्तै फैसला कार्यान्वयन तर्फ यस अवधिमा ११ जना फरार अभियुक्त पक्राउ परेका छन् । जसबाट तोकिएको कैद तथा जरिवाना ४ वर्ष २ महिना र बिगो २ लाख २१ हजार रुपैयाँ असुल भएको छ । जेनजी आन्दोलनको क्रममा फरार रहेका पक्राउ २ जना पनि यो अवधिमा पक्राउ परेका छन् ।

जेठ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा महिला र बालबालिका तर्फ १७ वटा उजुरी परेको छ । जसमा १७ जना पीडित रहेका छन् भने पीडक २२ जना रहेका छन् । घरेलु हिंसा तर्फ घरेलु हिंसा तर्फ १७ वटा उजुरी परेको छ । जसमा शारीरिक यातना ८ वटा र मानसिक यातना ९ वटा रहेको छ । यसमध्ये १३ वटा मिलापत्र भएको र ४ वटा मिलापत्र बाँकी रहेको प्रहरीले जनाएको छ ।

ठाडो उजुरी तर्फ जिल्ला प्रहरी कार्यालयमा फोनबाट उजुरी परेको संख्या १३९९ वटा रहेको छ । त्यस्तै इमेलबाट ६ वटा र प्रत्यक्ष निबेदनबाट प्राप्त भएको उजुरी संख्या ८५ रहेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त उजुरी ६ वटा रहेको छ । यो अवधिमा ६ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता