सार्वजनिक जग्गामा पार्क र खुला व्यायामशाला निर्माण

Devghat Online

शेयर गरौ

तनहुँ । असार १३

व्यास नगरपालिका–२ मा अतिक्रमणको चपेटामा परेको सार्वजनिक जग्गा खाली गराएर पार्कसहितको खुला व्यायामशाला निर्माण गरिएको छ । व्यास नपा २ को डाँग्रेखोल्सी क्षेत्रमा रहेको अतिक्रमणमा परेका करिब दुई रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी सो स्थानमा बगैँचासहितको खुला व्यायामशाला निर्माण भइरहेको हो ।

यसअघि अतिक्रमणको चपेटामा परेको उक्त जग्गालाई खाली गराई सम्याएर पर्खाल लगाई संरक्षण गरिएको व्यास नगरपालिका–२ का वडा सदस्य सुरेश वाग्लेले बताए । अहिले त्यही स्थानमा पार्क र खुला व्यायामशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको वाग्लेले बताए ।

चालु आर्थिक वर्ष २०८२/०८३ को वडागत विकास बजेट अन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्थानीयको लागत सहभागितासमेत जोड्दा आयोजनाको कुल लागत १६ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

निर्धारित लागत अनुमान अनुसार नै योजना सम्पन्न गरिने तयारी गरिएको वडा सदस्य वाग्लेले जानकारी दिए । वाग्लेका अनुसार उक्त स्थानको त्रिआयामिक नमुना तथा योजना भूमिसमायोजन आयोजनाका वास्तुविद् मन्दिप श्रेष्ठले तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता