लगातारको वर्षाले पृथ्वीराजमार्ग उच्च जोखिममा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ३

मनसुन सक्रिय भएसँगै पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड जोखिमपूर्ण बनेको छ । राजमार्ग स्तरोन्नतिका लागि भइरहेको कटान र लगातारको वर्षाका कारण तनहुँ खण्डका दर्जनौँ स्थानमा पहिरो खस्ने र ढुङ्गा खसिरहने जोखिम बढेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मुसेखोला, घाँसीकुवा, छिर्कने, देउराली, विमलनगर, ढापटार लगायतका दर्जनौँ ठाउँमा पटक–पटक पहिरो खस्ने गरेको छ । आँबुखैरेनी–२, व्यास १२ को घाँसिकुवा लगायतको क्षेत्रमा लेदो पहिरो गईसकेको छ भने बिमलनगरको चुनपहरामा निकै ठुलो ढुङ्गा खसेको थियो । ति सबै अवरोधहरु हटाएरु सडक सञ्चालनमा ल्याइए पनि पानी पर्नासाथ पहिरो खसेर राजमार्ग जुनसुकै बेला अवरुद्ध हुन सक्ने अवस्था छ ।

राजमार्ग तथा तटीय क्षेत्रमा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सुरक्षा निकाय, सडकसम्बन्धी कार्यालय तथा स्थानीय तहलाई ‘हाइ अलर्ट’ (उच्च सतर्क) अवस्थामा राखिएको जानकारी दिए ।

‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको चेतावनी अनुसार मस्र्याङ्दी, सेती, मादी, त्रिशूली, कालीगण्डकी लगायतका नदीमा बहाव बढेको छ ।’ प्रजिअ तिवारीले भने ‘सडक र नदी किनारका नागरिक विशेष सतर्क रहन जरुरी छ । यात्रुहरूले सडकको अवस्था बुझेर मात्रै यात्रा सुरु गरून्, अन्यथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेका छौं ।’

प्रशासनले यात्राका क्रममा पहिरो वा विपद्को अवस्था आएमा तत्काल जिल्ला आपत्कालीन सञ्चालन केन्द्र वा नजिकको नेपाल प्रहरीको टोलीलाई सम्पर्क गर्न आग्रह गरेको छ । मुग्लिन–आँबुखैरेनी खण्डदेखि पोखरासम्मै सडक हिलाम्मे र भिरालो भएकाले यो वर्षायामभरि पृथ्वीराजमार्गको यात्रा चुनौतीपूर्ण बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ