‘सर्च एण्ड स्वीप’ अभियानको क्रममा ७ जना नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ३

जिल्ला प्रहरी कार्यालय तनहुँले शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरेको विशेष प्रहरी अभियानका क्रममा आइतबार ७ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा ‘सर्च एण्ड स्वीप’ अभियान सञ्चालन गरेको थियो ।

अभियान अन्तर्गत लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन रोकथाम तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले एकसाथ निगरानी र जाँच गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार सार्वजनिक स्थल, बजार क्षेत्र, संवेदनशील स्थान तथा आपराधिक गतिविधिको सम्भावना रहेका क्षेत्रमा विशेष निगरानी बढाइएको थियो ।

अभियानका क्रममा शुक्रबार नियन्त्रणमा लिइएका २ जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।
जिल्लामा शान्तिसुरक्षा कायम राख्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा नागरिकमा सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले यस्ता अभियानलाई नियमित बनाइएको उनले बताए । पछिल्लो समय लागुऔषध, चोरी, सार्वजनिक अपराध तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रहरीले निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउँदै कुनै पनि शङ्कास्पद गतिविधि, अवैध कारोबार वा कानुनविपरीतका गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार