तनहुँ प्रवेश गर्ने ७७ वटा भारतीय सवारी साधनका चालकलाई प्रहरीको सचेतना

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ६

सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई ध्यानमा राख्दै तनहुँ प्रहरीले जिल्ला प्रवेश गर्ने भारतीय सवारी साधनका चालकहरूलाई लक्षित गरी विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

साउन ६ गते बुधबार बिहान ६ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत कुल ७७ वटा भारतीय सवारी साधनका चालकहरूलाई सडक सुरक्षासम्बन्धी अभिमुखीकरण दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत रहेका इलाका प्रहरी कार्यालय बेलचौताराले ५४ वटा र इलाका प्रहरी कार्यालय आबुखैरेनीले २३ वटा भारतीय सवारी साधनका चालकहरूलाई रोकेर प्रत्यक्ष रूपमा सचेत गराएका हुन् ।

कार्यक्रमका क्रममा प्रहरी टोलीले चालकहरूलाई राजमार्गको भौगोलिक अवस्था, हालको मौसम तथा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम, गति नियन्त्रण र सवारी चलाउँदा अपनाउनुपर्ने आवश्यक सावधानीबारे जानकारी गराएको थियो ।

मनसुनको समयमा पहाडी सडकमा दुर्घटनाको जोखिम बढी हुने भएकाले भारतीय चालकहरूलाई सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाको चेतावनीः साउन १५ भित्र सडक पेटीका अवैध संरचना नहटाए नगरपालिका आफैँले हटाउने

तनहुँ । साउन ६ तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रका सडक पेटी मिचेर बनाइएका अनधिकृत संरचनाहरू

बन्दीपुरको मुकुन्देश्वरी पदमार्ग ‘मिनी ग्रेटवाल’ मा नेकपाको सरसफाइ कार्यक्रम सम्पन्न

तनहुँ । साउन ६ प्रसिद्ध पर्यटकीय स्थल बन्दीपुरको मुख्य आकर्षणका रूपमा रहेको मुकुन्देश्वरी पदमार्ग (मिनी