कैद र जरिवाना तोकिएका फरार प्रतिवादी म्याग्देबाट पक्राउ, कारागार चलान

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ६

अदालतबाट कैद र जरिवाना सजाय ठहर भई फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले म्याग्दे गाउँपालिकाबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत रहेको प्रहरी चौकी थर्पुबाट खटिएको विशेष प्रहरी टोलीले साउन ५ गते म्याग्दे गाउँपालिका वडा नम्बर ४ बाट ती पुरुषलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालत तनहुँको फैसलाले एक महिना कैद सजाय र ३ हजार रुपियाँ जरिवाना तोकेको थियो । अदालतको फैसलापछि सजाय भुक्तान नगरी उनी फरार रहँदै आएका थिए ।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत तनहुँमा पेश गरिएको र अदालतको आदेशानुसार कैद सजाय भुक्तानका लागि जिल्ला कारागार तनहुँ चालान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल