प्रहरीको ‘सर्च एण्ड स्विप’ अपरेसनः ९ जना शंकास्पद व्यक्ति नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ६

जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी इकाईहरूले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप’ अपरेसनका क्रममा ९ जना शंकास्पद व्यक्तिहरू नियन्त्रणमा परेका छन् ।

लागुऔषध नियन्त्रण, अवैध मदिरा बिक्री–वितरण, चोरी डकैती नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग रोक्ने उद्देश्यले प्रहरीले विशेष अभियान चलाएको हो । सोही अभियानअन्तर्गत विभिन्न स्थानबाट ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

नियन्त्रणमा लिइएकामध्ये ३ जनालाई आवश्यक प्रारम्भिक सोधपुछ र अनुसन्धानपछि अभिभावक तथा आफन्तको जिम्मा लगाइएको छ भने बाँकी ६ जनामाथि गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लामा आपराधिक गतिविधि नियन्त्रण गर्न, शान्ति सुरक्षा कायम राख्न र गैरकानुनी काम रोक्नका लागि यस्ता लक्षित अपरेसनहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका