बन्दीपुरको मुकुन्देश्वरी पदमार्ग ‘मिनी ग्रेटवाल’ मा नेकपाको सरसफाइ कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ६

प्रसिद्ध पर्यटकीय स्थल बन्दीपुरको मुख्य आकर्षणका रूपमा रहेको मुकुन्देश्वरी पदमार्ग (मिनी ग्रेटवाल) क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कम्युनिस्ट पार्टी बन्दीपुर गाउँ कमिटीको आयोजनामा बन्दीपुर गाउँपालिका–२ स्थित पदमार्ग परिसरमा बुधबार बिहान सरसफाइ गरिएको हो ।

स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन गर्ने, वातावरण संरक्षणमा टेवा पु¥याउने तथा सार्वजनिक स्थलको स्वच्छता कायम राख्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

सरसफाई कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरू, स्थानीय बासिन्दाका साथै विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पदमार्ग र त्यस वरपर फ्याँकिएका फोहर तथा प्लाष्टिकजन्य सामग्रीहरू सङ्कलन गरी व्यवस्थापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल