व्यास जन्मभूमिमा दमौलीमा तीनदिने ‘व्यास अवतरण तथा गुरु पूर्णिमा महोत्सव’ हुने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ७

महर्षि वेदव्यासको जन्मभूमि मानिने तनहुँको दमौलीमा आगामी साउन ११ देखि १३ गतेसम्म तीनदिने ‘व्यास अवतरण तथा गुरु पूर्णिमा दिवस’ विविध कार्यक्रमका साथ मनाइने भएको छ ।

व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले बिहीबार दमौलीमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवका कार्यक्रमहरू सार्वजनिक गरेको हो । महर्षि वेदव्यासको योगदान, संस्कृत भाषा, वैदिक संस्कृति र व्यास जन्मभूमिको ऐतिहासिक महत्त्वलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कोषले जनाएको छ ।

पत्रकार सम्मेलनमा कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराईले व्यास अवतरण दिवस धार्मिक पर्व मात्र नभई ज्ञान, दर्शन र नेपाली सभ्यताको संरक्षणसँग जोडिएको ऐतिहासिक अवसर भएको बताए । अध्यक्ष भट्टराईका अनुसार पहिलो दिन साउन ११ गते व्यास गुफास्थित सभाहलमा संस्कृत भाषाका लेख–रचना वाचन तथा महर्षि वेदव्यासको जीवन, कृतित्व र योगदानबारे विशेष प्रवचन सञ्चालन गरिनेछ ।

त्यस्तै दोश्रो दिन साउन १२ गते व्यास नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ । ‘महर्षि वेदव्यास र व्यास जन्मभूमि’ विषयक प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः नगद रु. ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए ।

साउन १३ गते गुरुपुर्णिमाको दिन बिहान ७ बजे अनसन चौतारीबाट बाजागाजा र झाँकीसहित भव्य शोभायात्रा निकालिनेछ । व्यास नगरपालिका परिसरमा रहेको महर्षि व्यासको पूर्णकदको सालिकमा माल्यार्पण तथा पूजा–अर्चनापछि बजार परिक्रमा गरी व्यास गुफामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान्हरूबाट विशेष प्रवचन हुनेछ ।

व्यासका अध्येता एवं संरक्षक काशीनाथ न्यौपानेका अनुसार यस्ता प्राज्ञिक तथा धार्मिक गतिविधिले व्यास जन्मभूमिको पहिचानलाई विश्वभर उजागर गर्न ठूलो सहयोग पुग्नेछ । उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी, पूर्वअध्यक्ष ओमकार आचार्य लगायतले व्यास जन्मुभुमीको प्रचार प्रसारमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका