तनहुँको छिर्कनेमा हाइस दुर्घटनाः ८ जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ८

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका–१२ छिर्कनेमा शुक्रबार दिउँसो यात्रुवाहक हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग.प्र.०१–००१ ख ०१७१ नम्बरको हाइस दिउँसो करिब ४ः२५ बजे अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेर उद्धारकार्यमा खटिएको थियो ।

उक्त हाइसमा कुल १२ जना यात्रु सवार रहेका थिए । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालहरूमा पठाइएको छ ।

घाइतेहरु मध्ये खजुरा गा.पा.–२, बाँकेका रमेश क्षेत्री (वर्ष ३२), नागार्जुन न.पा.–१, काठमाडौँकी शशीकला अधिकारी (वर्ष ५६), पोखरा म.न.पा.–११ की दयाराम पोख्रेल (वर्ष ५५), भद्रपुर न.पा.–१, झापाका तारा सुब्बा (वर्ष ३५), डुङ्गेश्वर गा.पा.–२, दैलेखका नबिन खड्का (वर्ष २७), खडक न.पा.–४ अमाहा, सप्तरीका उज्वल यादव (वर्ष १७) को लक्ष्मी अस्पताल, डुम्रेमा उपचार भयो ।

त्यस्तै जय पृथ्वी न.पा.–२ बाझगाउँ, बझाङका माधव प्रसाद जोशी (वर्ष २९) र बित्थडचिर गा.पा.–८ सुनपुणा, बझाङका जीवन जोशी (वर्ष २४)को प्रदेश अस्पताल दमौलीमा उपचार भएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनापछि पृथ्वीराजमार्ग केही समय अबरुद्ध भएकोमा दुर्घटनाग्रस्त हाइसलाई हटाएपछि अहिले राजमार्ग सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका