तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ७

जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती खेप्नुपर्ने र घण्टौँ लाइन बस्नुपर्ने समस्या समाधानका लागि तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले पहल गरेका छन् ।

सांसद न्यौपानेले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक कृष्ण पौडेल र त्रिपुरेश्वरस्थित राहदानी विभागका महानिर्देशक दीपक विकसँग विहिबार छुट्टा–छुट्टै भेट गरी उक्त समस्याको तत्काल समाधान गर्न आग्रह गरेका थिए । महादिर्नेशकद्वयसँगको भेट र पहलपछि आगामी हप्ताभित्र तनहुँका लागि ३ सेट प्रणाली (प्रविधि) र १ जना कर्मचारी पठाउने निर्णय भएको सांसद न्यौपानेले जानकारी गराएका छन् ।

त्यस्तै गृहमन्त्रायलले १ सेट प्रणालीसहित स्टेशन अपग्रेड गर्ने भएको छ भने १ जना कम्प्युटर अपरेटर र २ जना खरिदार गरी ३ जना अतिरिक्त जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको सांसद न्यौपानेले जानकारी गराएका छन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय तनहुँले पनि सेवालाई थप व्यवस्थित बनाउन सेवा समय विस्तार तथा टोकन प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ ।

सांसद न्यौपानेका अनुसार मुख्य चुनौती राष्ट्रिय परिचयपत्र प्रणालीको सुस्त सञ्चालन (सर्भर समस्या) नै भएकाले यसको क्षमता वृद्धि र प्राविधिक सुधारका लागि थप समन्वय जारी रहनेछ । तनहुँबासीले सहज, छिटो र सम्मानजनक सेवा पाउनुपर्छ भन्ने विश्वासका साथ आफू निरन्तर लागिपर्ने उनले बताए ।

हालै भएको कार्यालय प्रमुखहरूको बैठकमा राखिएको प्रस्तावलाई तत्काल कार्यान्वयनमा लैजान सक्रिय पहल गर्दै सम्बन्धित निकायमा पत्राचार गरेकोमा सांसद न्यौपानेले तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय