तनहुँ । भदौ ११
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५ हजार हस्तान्तरण गरेको छ ।



सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै कम्पनीले विपदमा पीडितको साथ बनौँ, पुनर्निर्माणमा हातेमालो गरौँ भन्ने मूल नाराका साथ उक्त आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ ।

कम्पनीका अध्यक्ष तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद ई.श्रीराम न्यौपानेले विपद् कुनै व्यक्ति वा संस्था विशेषको मात्र नभई समग्र समाजको साझा चुनौती भएको भन्दै विपद्का बेला मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै निजी क्षेत्रले पनि राज्यको उद्धार तथा पुनस्र्थापना अभियानमा अग्रसर भएर हातेमालो गर्नु दायित्व भएको बताए ।
मानवीय सेवामा विपदका पीडितसँग मेगाटेकको साथ भन्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले प्रदान गरेको यो सहयोगले विपद् प्रभावित नागरिकको तत्कालीन राहत र पुनर्निर्माणमा थप बल पुग्ने विश्वास लिइएको सांसद न्यौपानेले बताए ।












