धर्म–साधनाका साधकः रामचन्द्र ढकाल

Devghat Online

शेयर गरौ

टिकाराम शर्मा ढकाल
केन्द्रिय अध्यक्षः नेपाल ढकाल समाज प्रतिष्ठान

गोरखाको पवित्र भूमिमा जन्मिनुभएका तथा हाल चितवनलाई कर्मभूमि बनाउनुभएका रामचन्द्र ढकाल ‘साधक’ धार्मिक एवं आध्यात्मिक चेतनाका साधक, लेखक तथा अन्वेषकका रूपमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल व्यक्तित्व हुनुहुन्छ । सनातन धर्म, संस्कृति, अध्यात्म र जीवनदर्शनप्रतिको गहिरो रुचिसँगै उहाँले अध्ययन, अनुसन्धान र लेखनका माध्यमबाट समाजमा धार्मिक चेतना र सकारात्मक विचार प्रवाह गर्दै आउनुभएको छ ।

उहाँका विचार र लेखनमा धर्मप्रतिको आस्था, सत्यको खोज, संस्कृतिप्रतिको सम्मान र ज्ञानको अन्वेषण प्रतिबिम्बित हुने गर्दछ । ‘साधक’ केवल उहाँको नामसँग जोडिएको शब्द मात्र नभई ज्ञान, साधना र सत्यको खोजीमा निरन्तर अघि बढ्ने जीवनदृष्टिको परिचायक बनेको देखिन्छ ।

धर्मलाई कर्मसँग, ज्ञानलाई अनुसन्धानसँग र विचारलाई समाजोपयोगी चेतनासँग जोड्ने उहाँको प्रयास प्रशंसनीय छ । लेखकका रूपमा कलम चलाउँदै र अन्वेषकका रूपमा सत्यको खोज गर्दै उहाँले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धिमा आफ्नो योगदान दिइरहनुभएको छ ।

गोरखा जिल्लाको बोलाङ्ग–९ हालको भिमसेन गाउँपालिकामा २०३५ मंसिरमा उहाँको जन्म भएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एम.ए.को अध्ययन पुरा गर्नु भएको छ । २०५९ सालदेखि उहाँ शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।

बिद्यालयस्तरका पाठ्यसामग्री लगायत धार्मिक पुस्तकहरुको लेखन, स्वदेश तथा बिदेशमा धार्मिक तिर्थस्थलमा तिर्थहवन एबम दर्शनमा उहाँको अतुलनिय योगदान रहेको छ । सयौं आफ्ना धर्मसंस्कृति छोडेर बाटो बिराएकाहरुलाई उहाँले स्वधर्म फर्काउनु भएको छ ।

रामचन्द्र ढकाल ‘साधक’ ज्यूमा हार्दिक सम्मान तथा मंगलमय शुभकामना । भगवान् पशुपतिनाथको कृपा तथा महर्षि उपमन्युको दिव्य आशीर्वाद सदैव प्राप्त भइरहोस् ।

उहाँको साधना, अनुसन्धान र लेखन यात्रा अझ समृद्ध, प्रभावकारी र समाजोपयोगी बन्दै जाओस् ।

हर हर महादेव !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।