विपद्का कारण आदिकवि क्याम्पसका वार्षिकोत्सवका सम्पुर्ण कार्यक्रमहरू स्थगित

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ११

भदौ १० गते देशका विभिन्न भागमा आएको अकल्पनीय प्राकृतिक विपद्का कारण मुलुकभर सिर्जित शोकको परिस्थितिप्रति संवेदना व्यक्त गर्दै व्यास नपा १ स्थित आदिकवि भानुभक्त क्याम्पसले आफ्नो ४० औं वार्षिकोत्सवका सम्पुर्ण कार्यक्रमहरू स्थगित गरेको छ ।

क्याम्पसले आगामी भदौ १८ गते आयोजना हुन लागेको ४० औँ वार्षिकोत्सवका अवसरमा तय गरिएका सम्पूर्ण साप्ताहिक कार्यक्रमहरू हालका लागि स्थगन गरिएको जनाएको छ ।

विपद्को यस कठिन परिस्थितिमा मनोरञ्जनात्मक तथा औपचारिक कार्यक्रमहरू गर्नु उपयुक्त नभएकाले भदौ १४ देखि १८ गतेसम्मका सबै कार्यक्रम रोकिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

स्थगित गरिएका कार्यक्रमहरूमा भदौ २४ गतेको सामुदायिक स्वास्थ्य परीक्षण एवं स्वास्थ्य परामर्श शिविर, भदौ १५ गतेको श्रष्टा सम्मान एवं पुस्तक समीक्षा कार्यक्रम, भदौ १६ गतेको क्याम्पस सरसफाइ कार्यक्रम, भदौ १७ गतेको दोस्रो खुला तीज गीत प्रतियोगिता तथा भदौ १८ गतेको अन्तरसङ्काय÷कक्षा सांस्कृतिक नृत्य प्रतियोगिता रहेका छन् ।

मुलुकमा परेको प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै र प्रभावितहरूसँग एकात्मकता जनाउँदै क्याम्पसले यी कार्यक्रमहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको क्याम्पस प्रमुख हड्खलेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले