बाढीपीडितका लागि देवघाटमा २ लाख ३५ हजारभन्दा बढी नगदसहित राहत सामग्री संकलन

Devghat Online

शेयर गरौ

देवघाट । भदौ २१

भोटेकोसी बाढी प्रभावितका लागि देवघाट गाउँपालिका राहत संकलन समितिले नगद तथा जिन्सी सामग्री संकलन अभियानलाई तीव्रता दिएको छ । समितिका अनुसार आइतबारसम्म २ लाख ३५ हजार ३५० रुपैयाँ नगद संकलन भइसकेको छ ।

स्थानीय टोल विकास संस्था, आमा समूह तथा व्यक्तिगत पहलबाट स्वतःस्फूर्त रूपमा सहयोग जुट्ने क्रम जारी रहेको छ ।
राहत संकलन समितिका अनुसार भदौ १९ गते शुक्रबार सुन्दरबस्ती रातामाटे टोल विकास संस्थाबाट नगद २२ हजार ६९५ रुपैयाँ प्राप्त भएको थियो ।

यस्तै शनिबार गौरीटार निवासी बिजया पियाबाट नगद १ लाख रुपैयाँ सहित १ कार्टुन लत्ताकपडा प्राप्त भएको थियो । सोही दिन विष्णुशैया टोलबाट नगद ५७ हजार ८० रुपैयाँ सहित खाद्यान्न तथा कपडा, कमलादेवी टोलबाट १६ हजार ४०५ रुपैयाँ नगद, स्वाभीमान आमा समूहबाट ३४ हजार ९१५ रुपैयाँ बराबरको अत्यावश्यक जिन्सी सामग्री प्राप्त भएको थियो ।

त्यस्तै आइतबार कालिकादेवी टोल र पिपलटार टोलबाट एकमुष्ठ ३९ हाजर १७० रुपैयाँका साथै साथै खाद्यान्न र लत्ताकपडा प्राप्त भएको छ । हालसम्म संकलित जिन्सी सामग्रीहरूमा चामल १७ बोरा, दाल १ बोरा र २ केजी, तेल २ कार्टुन र २ पोका, नुन १ बोरा र ४ पोका, सोयाबिन १ बोरा, भुजा १ बोरा, चाउचाउ ५ कार्टुन, लत्ताकपडा १ कार्टुन, भेस्ट ६ पिस, टिसर्ट १ पिस र कुर्ता १ पिस रहेको छ ।

संकलित नगद तथा जिन्सी सामग्रीलाई एकद्वार प्रणालीमार्फत बाढी प्रभावित क्षेत्रमा शीघ्र वितरण गरिने राहत संकलन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको