बाढीमा परि गुमेका जीवनको सम्झनामा देवघाटमा दीप प्रज्वलन

Devghat Online

शेयर गरौ

देवघाट । भदौ २२

गत भदौ १० गते भोटेकोसी नदीको बाढी परि रसुवा, नुवाकोट र धादिङमा ज्यान गुमाउनेहरुको सम्मानमा १३ औं दिनको पुण्यतिथीमा सोमबार साँझ देवघाटमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।

लायन्स क्लव देवघाटले प्राकृतिक विपत्तिको कारण जिवन गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा लायन्स क्लब अफ देवघाटका अध्यक्ष अनिल मिश्रले विपद्को पीडामा परेका नागरिकप्रति लायन्स क्लब सुरुदेखि नै जिम्मेवार र संवेदनशील भएर सहयोगमा जुटिरहेको बताए ।

उनले बाढीपीडितको अवस्था बुझ्न प्रत्यक्ष प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरिएको उल्लेख गर्दै भने, ‘विपद्को बेला केवल सहानुभूति व्यक्त गर्नु पर्याप्त हुँदैन, पीडितको हात समातेर उनीहरूको दुःखमा साथ दिनु नै साँचो मानव सेवा हो ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले