देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई बुधबार जग्गाधनी पुर्जा वितरण गरिने

Devghat Online

शेयर गरौ

देवघाट । भदौ ३०

देवघाट गाउँपालिका वडा नम्बर १ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई बुधबार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । वडा नम्बर १ को कार्यालयमा आयोजना गरिएको कार्यक्रममा जिल्ला भूमि समस्या समाधान समिति तनहुँले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न लागेको हो ।

यसअघि गत साता जिल्ला भूमि समस्या समाधान समितिले देवघाट गाउँपालिका वडा नं. १ का भुमिहीन दलित र सुकुम्बासीको लागि जग्गा दर्ताका लागि निवेदन दिन आग्रह गर्दै ७ दिने सूचना जारी गरेको थियो । समितिको गत भदौ २५ गतेको निर्णयअनुसार सूचीकृत लाभग्राहीहरूलाई आवश्यक कागजातसहित जिल्ला समितिको कार्यालयमा उपस्थित हुन सूचित गरिएको थियो ।

जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्ने लाभग्राहीहरूमा मिनु माया गुरुङ, सुशिला गुरुङ, छविलाल गुरुङ, बुद्ध बहादुर परियार, सोम बहादुर दमै, सुनिता दर्जि, सुरज दमाई, एक बहादुर दर्जि, विष्णु बहादुर माझी र होममाया परियार रहेका छन् ।

उनीहरुलाई प्रदान गरिने जग्गाको श्रेस्तापुर्जा सबै तयार भईसकेको देवघाट गाउँपालिकाले जनाएको छ । मंगलबार सबै जग्गाधनीहरुको वडा कार्यालयमा सनाखत समेत भईसकेको छ । जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्ने एक लाभग्राही बिरामी भई भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत रहेको हुँदा उनकै अस्पतालमै पुगेर सनाखत गरिएको थियो ।

जग्गा प्राप्ती सम्बन्धी विद्यमान कार्यविधि अनुसार भूमिहीन दलित तथा सुकुम्बासीहरूलाई हाल उनीहरूले उपभोग गर्दै आएको जग्गामध्येबाट पाहाडमा बढीमा ५ रोपनी १४ आनासम्म जग्गा निःशुल्क उपलब्ध गराउने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक