भदौं २,चितवन
भरतपुरको चौबिसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैकमा आगलागी भएको छ । आज (सोमवार) बिहानै भएको आगलागीबाट तल्लो तलाका अधिकांस सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको साहायक प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले बताए । उनले महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर सुरक्षित रहेको जानकारी दिए । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

देवघाटको चक्रवर्ती विद्यालयका ५० विद्यार्थीलाई पोशाक र स्टेशनरी वितरण
देवघाट । बैशाख १५ देवघाटधाम जेसीजको आयोजना तथा भरतपुर मनपा–१०, चितवन निवासी गिता राजभाटको सहयोगमा












