पाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला

Devghat Online

शेयर गरौ

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । आइतबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. कोइरालालाई शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि पनि सिफारिस गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कर्डियोथोरासिक एण्ड भस्कुलर सेन्टरमा स्वास्थ्य परीक्षण गराएर फर्किएसँगै मन्त्रिपरिषद् बैठक सुरु भएको थियो ।

यसअघि काउन्सिलका अध्यक्ष प्रा.डा.धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो । काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।

गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्यासिक सेन्टरमा पनि नेतृत्वदायी भुमिकामा रहेर काम गरे ।

कोइरालाले केन्द्रीय बाल अस्पताल खोल्ने योजना बनाएका छन् । सरकारले सो अस्पतालको लागि जग्गा उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।