हर्दीखोलामा बोलेरो जिप दुर्घटना , मेयरले गरे एम्बुलेन्स लगेर घाइतेको उद्धार !

Devghat Online

शेयर गरौ

नवलपुरको गैडाकोट ३ हर्दीखोलामा बोलेरो जिप दुर्घटनामा परेको छ । हिजो (विहिवार) साँझ भएको दुर्घटनामा १४ जना घाइते भएका छन् । हर्दी पुलबाट हर्दी गाँउ जादै गरेको बा ११ च ७०८३ नम्वरको बोलेरो दुर्घटनामा परेको हो ।

दुर्घटनाको खबर थाहा पाएपछि गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आफै एम्बुलेन्स लगेर घाइतेको उद्धार गरी चितवन मेडिकल कलेज ल्याएका थिए । पौडेलले घाइते ल्याउँदा लागेको एम्बुलेन्स खर्च र उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताए ।  घाइते मध्य ७ जनाको अवस्था सामान्य र ७ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण