चलचित्रकर्मीलाई तर्साउन खोज्नेहरु विरुद्ध सशक्त भएर अगाडि बढ्ने :दीपकराज गिरी

Devghat Online

शेयर गरौ

चलचित्र ‘छ माया छपक्कै’का लेखक तथा कलाकार दीपकराज गिरीले विदेशी चलचित्र बेचेर दालभात खाई नेपाली चलचित्रकर्मीलाई तर्साउन खोज्नेहरु विरुद्ध सशक्त भएर अगाडि बढ्ने प्रण गरेका छन् ।

चलचित्र ‘छ माया छपक्कै’को रिलिजको समयमा विदेशबाट हिन्दी चलचित्र किनेर आफूहरुको चलचित्रलाई कम शो दिन लागिपर्ने वितरक विरुद्ध लाग्ने दीपकको भनाई छ ।

उनले सामाजिक संजालमा लेखेका छन्–‘भारतबाट हिन्दी चलचित्र किनेर ल्याएर नेपाली चलचित्रलाई कम शो दिन हलहरुलाई दबाब श्रृजना गर्ने बितरकका कारण हामीले पर्याप्त शोहरु नपाउँदा नपाउँदै पनि ‘छ माया छपक्कै’ यो बर्षकै सबैभन्दा बढी ग्रस कलेक्शन गर्ने चलचित्र भएकोमा खुशी शेयर गर्न चाहन्छौ ।’

दीपकले विदेशी चलचित्रलाई प्रतिवन्ध होइन कोटा लगाउने संचारमन्त्रीको भनाइलाई पनि स्वागत गरेको उल्लेख गरेका छन् । असोजको २४ गतेबाट रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ले केही मल्टिप्लेक्समा कम शो पाएको थियो । तर, चलचित्रले सिंगल र मल्टिप्लेक्समा आक्रामक व्यापार गर्यो । दीपकले सर्वाधिक ग्रस गर्ने चलचित्र बताएपनि कमाइको आँकडा भने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा