बाल बिकास केन्द्रका विद्यार्थीहरूलाई सुइटर, टोपी र शैक्षिक सामाग्री !

Devghat Online

शेयर गरौ

देवघाट/

देवघाट गाउँपालिका वडा नम्बर ५ अन्तर्गत रहेको मुकुन्देश्वरी बाल बिकास केन्द्र बगन्दीमा अध्ययनरत बिद्यार्थीहरूलाई सुइटर, टोपी र शैक्षिक सामाग्रीहरू वितरण गरिएको थियोे । हरेक बाल बिकास केन्द्रका बिद्यार्थीहरू जाडोको न्यानो कपडाकासाथै शैक्षिक सामाग्रीहरू पनि बाड्दै अाईरहदाँ देवघाट स्थित मुकुन्देश्वरी बाल बिकास केन्द्रमा अध्ययनरत १५ जना विद्यार्थीहरूलाई सो सामाग्री वितरण गरिएको हो ।

कार्यक्रमका देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाद्घारा ८७ वर्षका बृद्घ बुबा सम्शेर बहादुर घागालाई ज्याकेट र टोपी समेत प्रदान गरिएको थियोे । फरक प्रसंगमा थापाले  अध्यक्ष थापाले मदिरालाई खानै हुदैँन् भन्न खोजेको हैन कि यसलाई दैनिक जसो प्रयोगमा ल्याउनलाई अन्त्य गर्नु हो भन्दै मदिरा व्यवस्थापनको बारेमा धेरै धारण वा विचारहरू राख्दैँ हरेक अभिभावकहरूले अाफ्नो बँच्चाको भविष्यको लागि अहिले यहि बाल अवस्थादेखि नै धेरै भन्दा धेरै विचार पुर्‍याएर अघि बढ्नु पर्ने बताए । प्राय जनजातिहरूको घरमा बुबाअामालाई मदिरा पिउने पैसा हुन्छ तर ती पढ्ने उमेर भएका बच्चाहरूको लागि पढ्ने लेख्ने कपि कलम हुदैँन सो समस्यालाई हटाउनको मदिरा व्यवस्थापन महोत्सवको सञ्चालन समेत गरिएको अध्यक्ष थापाको भनाई थियोे ।

अध्यक्ष थापाले अर्को अार्थिक वर्षमा भने टेन्डर हालेर बगन्दीसम्म बाटो पुर्‍याउने प्रतिवद्धतासमेत जनाए ।  देवघाट गाउँपालिका वडा नम्बर ५ का  वडा सदस्य भोजराज नैनावस्तिले हामीले त दु: ख भोग्यो अबका पुस्ताहरू यी बालबालिकाहरूले दु: ख नपाउन र अाफ्ना बच्चाबच्चीहरूलाई अाफैले नै हो असल र खराब दुबै बनाउने सो त्यसको लागि अभिभावकहरू नै सचेत भई अाफ्ना बाबुनानिहरूलाई राम्रोसँग हेरचाह गरेर भविष्यमा असल नागरिक बनाउने जिम्मेवार अभिभावकको नै हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा