प्रधानमन्त्रीको अपील भोलि विहान ८ बजे राष्ट्रिय गान गाऔं, ताली बजाऔं

Devghat Online

शेयर गरौ

३० चैत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरस विरुद्ध अग्रमोर्चामा खटिएका चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि नयाँ वर्षको दिन राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।
यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो ।
त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान छ ।
प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध