क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्य

Devghat Online

शेयर गरौ

२७ असार, दमौली
तनहूँको भानु नपा–२ स्थित शारदा कलेजको क्वारेन्टाइनमा रहेका एक व्यक्तिको शनिबार विहान मृत्यु भएको छ । गत असार २३ गते भारतबाट आएका सोही नपाको वडा नम्बर ५ मैवलका ६६ वर्षका रामबहादुर श्रेष्ठको शनिबार विहान पोखरा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए ।
उनमा कोरोना संक्रमण भए÷नभएको पुष्टि गर्न स्वाव परिक्षणको तयारी भएको प्रजिअ अधिकारीले बताए । शनिबार विहान एक्कासी बेहोस भएपछि उनलाई एम्बुलेन्समा राखी उपचारकोलागि पोखरा पठाईएकोमा बाटोमा नै मृत्यु भएको भानु नपाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । उनको शव गन्डकी अस्पताल पोखरामा रहेको र पिसिआर परिक्षणको रिर्पाेट आएपछि मात्र शवको व्यवस्थापन गरिने प्रजिअ अधिकारीले बताए ।
क्वारेन्टाइनमा रहँदा नै उनमा उच्च रक्तचाप, प्यारालासिस र मधुमेहको समस्या दखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले