पृथ्वीराजमार्गको पाँच ठाउँमा पहिरो, यातयात अवरुद्ध

Devghat Online

शेयर गरौ

६ साउन, दमौली
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ देखी कोत्रेसम्मको तनहँुको खण्डमा पाँच ठाउँमा पहिरो खसेको छ । सोमबार बिहानदेखी लगातार परेको पानीको कारण पृथ्विराजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा अहिले राजमार्ग अवरुद्ध छ ।


सो सडक खण्डको आवुखैरेनी गाउँपालिकाको ऐनापहरा, मार्किचोक, बन्दिपुर गाउँपालिकाको नयाँपुल र नाहाला तथा म्याग्दे गाउँपालिकाको गुणादीमा पहिरो गएको डिभिजन सडक कार्यालय दमौलीका सुचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले जानकारी दिए ।


त्यस मध्ये अन्य स्थानको पहिरो पन्छाईएको भएपनि ऐनापहरामा भने माथि अग्लो डाँडाबाट अहिले पनि लेदो बगिरहेको कारण पहिरो पन्छाउन नसकिएको इन्जिनियर श्रेष्ठले जानकारी दिए । पहिरो पन्छाउन गएको डोजर काम गर्न नसकेपछि त्यसै फर्किएको उनले जानकारी दिए । डाँडाबाट लेदो खस्न रोकिएपछि साँझ सम्म पहिरो पन्छाइसक्ने श्रेष्ठको भनाई छ ।


यसै गरि बन्दिपुर गाउँपालिका–१ को नाहामा करिब ४ मिटर सकड बाढीले बगाएको छ । सडक बगाउँदा ठुलो खाल्डो बनेको छ । उक्त स्थानमा डाइर्भसन राखिसकिएको इन्जिनियर श्रेष्ठले बताए । डाइभर्सनमा चिप्लो हुने हुँदा ग्राभेल हालेर यातयात सन्चालन गरिएको श्रेष्ठले बताए ।


यसैविच बाढि र पहिरोमा जिल्लामा दर्जन भन्दा धेरै घर बगाएको छ । सबैभन्दा धेरै क्षती बन्दिपुर गाउँपालिकामा भएको छ । उक्त गाउँपालिका ७ वटा घर पहिरोले बगाएको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताए । पहिरोमा परि सोमबार २ जनाको मृत्यु भएको र मंगलबार मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४