पुष्पलाल स्मृति दिवसमा वृक्षारोपण (फोटो फिचर)

Devghat Online

शेयर गरौ

७ साउन, देवघाट
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) देवघाट गाउँपालिका कमिटीको आयोजनामा बुधबार देवघाट क्षेत्र बिकासको अगाडीको गलेश्वर मार्ग र धर्मार्थ अस्पतालको वरपर बृक्षारोपण गरिएको छ ।

सो अवसरमा आँप, कागती, कपुर र रिठ्ठा गरि करिब ३ सय विरुवाको रोपिएको थियो ।


सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरले कपुरको विरुवा वृक्षरोपण गरि कार्यक्रमको उद् घाटन गरेका थिए ।


नेकपा देवघाट गाउँ पालिका कमिटिका अध्यक्ष भुवनसिंह गुरुङको अध्यक्षता सम्पन्न सो कार्यक्रममा देवघाट क्षेत्र बिकास समितीका अध्यक्ष शिवराज पौडेल, देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङ, वडा नम्बर ५ का वडा सदस्य भोजराज नैनावस्ती र फुलमाया बि.क., देवघाट क्षेत्र बिकास समितिका सदस्य नवराज ढकाल र किरण सुवेदी, देवघाट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदी, समाजसेवी चन्द्रप्रकाश दवाडी, समाजसेवी महेन्द्र प्याकुरेल, देवघाट सामुदायिक सेवा एवं सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारती, देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, देवघाट युवा तथा खेलकुद समितिका सचिव सान श्रेष्ठ र समाजसेवी माया शर्मा लगायतको उपस्थिति रहेको थियोे ।


सो कार्यक्रमको सन्चालन नेकपा गाउँपालिका कमिटिका सचिव केशवचन्द्र न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा