देवघाट गाउँपालिकाको सिटि हल हस्तान्तरण

Devghat Online

शेयर गरौ

१२ साउन, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर ५ क्युदीमा निर्माण भएको ४ सय क्षमताको सिटि हल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नीति कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरि भवनको चाबी आईतबार देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापामगरलाई हस्तान्तरण गरेको छ ।


सो कन्स्ट्रक्सनसँग सिटि हल निर्माणकोलागि २०७६ साल असार ८ गते सम्झौता भएको थियो । हल २०७७ साल असार ३१ गते निर्माण सम्पन्न गरिएको थियो । सम्झौता अनुसार सिटि हल समयमै सम्पन्न गर्न सकिएको कन्स्ट्रक्सनका प्रोप्राईटर हरिप्रसाद घिमिरेले बताए ।


सिटि हल भवन निर्माणको लागि लागत अनुमान एक करोड १२ लाख छयालीस हजार ८ सय त्रीसट्टी रुपैयाँ ६० पैसा रहेकोमा निर्माण कम्पनीले एक करोड १ लाख ३१ हजार आठ रुपैयाँ ७२ पैसामा टेन्डर पारि निर्माण गरेको थियो । सो हल निर्माणकोलागि गण्डकी प्रदेश सरकारले ६० प्रतिशत र देवघाट गाउँपालिकाले ४० प्रतिशत रकम विनियोजन गरेको थियो ।


हल हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापाले समयमै हल निर्माण गरि हस्तान्तरण गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिए । उनले सबै निर्माण कम्पनीले यसरी नै समयमै विकास निर्माणका काम सम्पन्न गर्ने हो भने विकासको कामले गति लिने बताए ।


सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमला थापामगर, नेकपा गाउँ कमिटिका अध्यक्ष भुवनसिंह गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष भिमबहादुर गुरुङ, वडा नम्बर २ का अध्यक्ष पोल बहादुर आले, वडा नम्बर ३ का अध्यक्ष कृतिमान आले, ४ का अध्यक्ष पदमबहादुर गुरुङ, वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, कार्यपालिका सदस्यहरु यममाया गुरुङ, अनिता गुरुङ, भोगिमाया राना, बालकुमारी परियार र चन्द्रप्रकाश बिक लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सन्चालन गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा