कानून निर्माण प्रक्रियामा नागरिक सहभागिता अपरिहार्य ः सभामुख अधिकारी

Devghat Online

शेयर गरौ

१३ साउन, पोखरा
गण्डकी प्रदेश सभाका सभामुख माननीय नेत्रनाथ अधिकारीले नीति तथा कानून निर्माण प्रक्रियामा नागरिक सहभागिता अपरिहार्य रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द« (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा आयोजित नीति तथा कानून निर्माणमा नागरिक सहभागिता विषयक कार्यक्रममा बोल्दै सभामुख अधिकारीले जनताका प्रत्यक्ष सवालका विषयमा नीति निर्माण गर्नुअघि सरोकारवाला र नागरिक समाजसँग छलफल गरेर मात्र आगामी दिनमा नीति तथा कानून निर्माण प्रक्रियालाई प्रभावकारी बनाइने बताए ।
‘यसअघि सरोकारवालासँग प्रत्यक्ष छलफल हुन सक्यो, सकेन तर अब देखि विधायन समितिका सभापति यही हुनुहुन्छ आवश्यकताका आधारमा नागरिक समाजलाई सहभागी गराउनुहोला ।’,–उनले भने । उनले कानून निर्माणको प्रक्रिया जटिल विषय रहेको बताउँदै चाहेर पनि सोचे जस्तो कानून बनाउन सहज नभएको बताए ।
‘चाहेर पनि हामीले सोचे अनुसारको कानून बनाउन त्यती सहज छैन अहिले सम्मको अभ्यासलाई मध्यनजर गर्दै सकेसम्म जनताका आवश्यकतालाई सम्बोधन गर्ने कुरालाई सोच्नुपर्छ’,उनले भने । उनले एकल अधिकारका कानून निर्माणमा प्राथमिकता राखेको बताउँदै गण्डकी प्रदेश सभाले बनाएको कानून अवैध नभएको बताए । ‘प्रदेश र स्थानीय तहसँग एउटै अधिकार छ, साझा अधिकार सूचीले गर्दा कानून निर्माणमा जटिलता भएको बताए ।
सो कार्यक्रममा गण्डकी प्रदेश सभा उपसभामुख माननीय सिर्जना शर्माले प्रदेश सभाले बनाएको कानून कार्यान्वयन हुनुपर्नेमा जोड दिईन् । ‘गण्डकी प्रदेशका कानून जनमुखी र जनमैत्री छन् भन्ने प्रतिक्रिया सहित सुझाव आएको छ, खुशी लागेको छ, अब कानून कार्यन्वयनमा लाग्नुपर्दछ’,उनले भनिन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक तथा विधायन समिति सदस्य मणिभद्र शर्माले कतिपय विधेयकहरू प्रदेशलाई भन्दा व्यक्तिलाई फाइदा पुग्ने गरी आएर बहुमतबाट पारित गरिएको बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदिय दलका नेता एवम विधायन समितिका सदस्य कृष्णचन्द्र नेपाली पोखरेलले कानूनहरूको कार्यान्वयन गर्न सकेमा उदाहरणीय परिर्वतन हुने बताए । चेतनाको विकास बिना कानूनले मात्रै समाज परिवर्तन नहुने बताउँदै उनले चेतना विकासमा नागरिक संस्थाहरूको महत्वपूर्ण भूमिका रहने उनको भनाई थियो ।
गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मीले कानून निर्माणमा नागरिक संस्थाहरूको सहभागिता अत्यावश्यक रहेको बताए । ‘नागरिक संघसस्थाले घचघच्याउने काम गरिराख्नुभएको छ, सरोकार राख्ने विषयमा छलफलमा सहभागी गराउन कमजोरी रहयो होला आगामी दिनमा सल्लाह र सहभागिता गराउनेछौं,’उनले भने । उनका अनुसार प्रदेश सभाले ४१ ओटा कानून पारित गरिसकेको छ ।
प्रदेश सांसद तथा विधायन समिति सदस्य विष्णुप्रसाद लामिछानेले नीति निर्माणमा कुनै दल वा पार्टीको प्रतिनिधि नभइ जनताको प्रतिनिधिको भूमिकालाई बुझेर निर्णय गरिनुपर्ने बताए । प्रदेश सांसद तथा विधायन समिति सदस्य पुष्पा केसी भण्डारीले कानुन बनाउने क्रममा त्रुटी भएको खण्डमा संशोधन पनि गर्न सकिने हुँदा सरोकारवालाहरूको चासो पनि आवश्यक रहेको बताए ।
गैरसरकारी संस्था महासंघ महासचिव रामप्रसाद सुवेदीले सङ्घ, प्रदेश र स्थानीय तहले बनाएका कानूनहरू छलफल बिना नै ल्याइने गरेको बताए । ‘जनताका दैनिक सरोकार राख्ने सवालमा जनतासँग छलफल गरेर कानून निर्माण गर्नुपर्ने स्थति छ तर त्यो अभ्यास कम छ’,–उनले भने –‘कानूनले सिमित घेरालाई हैन बहुसङ्ख्यक जनतालाई समेट्न सक्नुपर्छ ।’
राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत टङ्क खनालले जनता वा सरोकारवालसँग छलफल नगरि आएका कानून र नीतिका कारण समस्या देखिएको बताए । कानून तथा नीति निर्माण गर्नु पूर्व आ–आफ्ना क्षेत्रमा प्रदेश सभा सदस्यले जनता अन्तरक्रिया, छलफल गर्नुपर्ने उनको भनाइ थियो ।
शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बरालले शासक जस्तो नभइ जनताको प्रतिनिधि बनेर जनताका प्रत्यक्ष सरोकारलाई सम्बोधन हुनेगरि नीति तथा कानून निर्माण गर्न सुझाव दिए । नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष दिपेन्द« श्रेष्ठले कानून निर्माणमा सहजताका लागि विषयगत समितिलाई क्रियाशिल बनाउन आग्रह गरे ।
जनताको आवश्यकतालाई सम्बोधन गर्ने गरी कानून निर्माण हुन नसकेको भन्दै आवश्यकताका आधारमा कानून र नीति बनाउन आग्रह गरे । ‘बनेका नीति तथा कानूनहरू कारवाही, दण्ड, सजायका लागि बनाएर आफ्नो नियन्त्रणमा मात्रै राखौं भन्ने खालको मानसिकता हो कि जस्तो देखिन्छ यसबारे सोचौं’,–उनले भने ।
महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष तारामाया थापाले बनेका कानूनहरू बारे जनताका बीचमा प्रष्ट पार्न नसक्दा सहि रूपमा कार्यान्वयन हुन नसकेको बताईन् । कार्यक्रममा कानून तथा नीति निर्माणमा नागरिक सहभागिता बारे इन्सेकले तयार गरेको गण्डकी प्रदेश सभाले कानून निर्माणमा अवलम्बन गरेका प्रक्रियागत विषय तथा कानूनमा समेटिएका विषयले नागरिकको सङ्गठित र सहभागिता हुन पाउने व्यवस्थाबारे समिक्षात्मक अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खुकरेलले लोकतन्त्रलाई संस्थागत र बलियो बनाउन राज्यका हरेक सवालमा नागरिकहरूको प्रत्यक्ष सहभागिता महत्वपूर्ण हुने बताए । ‘आगामी दिनमा प्रदेश सभाले नीति तथा कानून निर्माणमा नागरिक सहभागितालाई प्राथमिकता दिने अपेक्षा छ’,उनले भने ।
इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले सञ्चालन गरेको सो कार्यक्रममा प्रदेश सभा विधायन समितिका माननीय सदस्यहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधिहरू नागरिक सङ्घ संस्थाहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालिका माविका विद्यार्थीहरुद्वारा बाढी पीडितलाई सहयोग

देवघाट । भदौ १६ देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रसुवा बाढीपीडितहरूको सहयोगार्थ

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई