शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन माग

Devghat Online

शेयर गरौ

१९ साउन, दमौली
एकिकृत अखिल नेपाल शिक्षक संगठन तनहुँले नीजि तथा संस्थागत विद्यालयका शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन माग गरेको छ । कोभिड १९ संक्रमणको त्रासका कारण गरिएको लकडाउनको कारण विद्यालयहरु बन्द हुँदा नीजि तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरु तलब भत्ताबाट बन्चित रहेको हुँदा संगठनले त्यस्ता शिक्षकहरुलाई तलव भत्ता उपलब्ध गराउन माग गरेको हो ।

संगठन तनहुँका अध्यक्ष राजेन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा लकडाउनको समयलाई सरकारले र्सार्वजनिक विदा भनेकोमा तलब भत्ता नदिई अवकाश गराउने, केही प्रतिशत मात्र दिने, काम नगरेको अवधिको लागि तलबभत्ता नदिने जस्ता अवाञ्छनीय क्रियाकलापले आम शिक्षकहरुलाई ठूलो मर्का परेको जनाईएइको छ । तसर्थ यस्तो अप्ठ्यारो परेको बखत मानिसलाई सहयोग गर्नेमा तलबभत्ता नदिने, अवकाश गराउने जस्ता अमानवीय व्यवहार प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

यस्तै, विज्ञप्तिमा जिल्ला स्थित केही पालिकाहरुमा प्रधानाध्यापक छनोट प्रक्रियामा संघीय शिक्षा ऐन नियम विपरीत शिक्षकका नेतृत्व कथित विज्ञको उपस्थितिमा वरिष्ठ योग्यता पुगेको शिक्षक हुँदाहुँदै योग्यता नपुगेको शिक्षकलाई छनोट गर्ने काम निकै निन्दनीय भएकाले यस्ता क्रियाकलापको विरोध गरिएको. छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय