नेकपाका दुई अध्यक्षबीच सोमबार पनि छलफल

Devghat Online

शेयर गरौ

१९ साउन, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वयबीच सोमबार बिहान पनि छलफल भएको छ । बिहान ९ः१५ देखि ११ बजेसम्म दुई अध्यक्षबीच बालुवाटारमा वार्ता भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

आइतबार बिहान भएको वार्ता सकारात्मक बनेपछि आज त्यसकै निरन्तरता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको भनाइ छ । सोमबारको वार्तामा पनि साक्षीका रुपमा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको सहभािगता थियो ।

गत असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा केही नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको राजीनामा माग गर्नुभएपछि बैठक अवरुद्ध हुँदैआएको छ । असार १८ गतेसम्म करिब नियमित चलेको स्थायी कमिटी बैठक सोपछि निरन्तर स्थगित हुँदैआएको छ ।

पछिल्लो पटक साउन १३ गते बालुवाटारमा प्रचण्ड पक्षका नेताहरूको एकपक्षीय स्थायी कमिटीको भेला भएपछि दुई अध्यक्षबीचको तिक्तता झन् बढेको अनुमान गरिएको थियो । नेकपाका दुई अध्यक्षहरूको आइतबार बिहान करिब तीन घण्टा भएको वार्ताले वातावरण सकारात्मक बनाएको भनिए पनि सहमति केही भएको छैन ।

नेकपा स्थायी कमिटी बैठक अहिले अनिश्चित्कालसम्म स्थगित भएपनि पुनः बैठक बस्नेगरी अध्यक्षद्वयले सहमतिको प्रयास गरिरहेका छन् । स्थायी कमिटी बैठकका एजेण्डामाथि छलफल हुन बाँकी रहेकाले सहमति बनेपछि बैठक पुनः बस्ने नेकपाका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय