देवघाटमा दाहासंस्कारकोलागि दाउराको अभाव

Devghat Online

शेयर गरौ

२१ साउन, देवघाट
सरकारले सालको काठ ढुवानीमा रोक लगाएपछि तनहूँको देवघाटधाममा
दाहासंस्कारको लागि दाउराको अभाव भएको छ । सालको काठको अबैध ओसार
पसार नियन्त्रणकोलागि सरकारले गत २८ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार
देशभर सालको काठको ओसारपोसारमा रोक लगाएको थियो ।

विशेषगरि तराईका जिल्लामा सालको काठको अबैध ओसारपोसार भईरहेको
भन्दै सरकारले काठ ढुवानीमा रोक लगाएपछि देवघाटमा दाहा संस्कारमा दाउराको
अभाव भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।
देवघाट क्षेत्र विकास समितिले देवघाटमा दाहासंस्कारको व्यवस्थापन गर्दै आएको
छ ।

देवघाटमा दाहासंस्कारकोलागि दैनिक १० देखी १५ वटा सम्म शव ल्याउने
गरिएको क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए । यो संख्या
पशुपती आर्यघाट पछिको दोश्रो हो ।

देवघाट क्षेत्र विकास समितिले चितवन र नवलपरासी सुस्ता पुर्वको जिल्ला वन
पैदावर आपुर्ती समितिबाट खरिद गरि सालको दाउरा ल्याउने गर्छ । यस अघि गत
चैत ६ गते नवलपरासीबाट ५० चट्टा दाउरा आठ लाख ८३ हजार रुपीयाँमा खरिद गरि
१० गते ल्याउने तयारी भएकोमा सो दिन ल्याउन नसकिएको र त्यसपछि लकडाउनको
कारण ल्याउन नसकिएको अध्यक्ष पौडेलले बताउनु भयो ।

‘पहिला लकडाउनको कारण ल्याउन सकिएन, त्यसपछि जेठ २८ गते पछि सरकारले नै
काठ ढुवानीमा रोक लगायो’ अध्यक्ष पौडेलले भने ‘अहिले दाउराको अभाव
भईसक्यो ।’ अव बढिमा १५ दिनकोलागि मात्र दाउराको स्टक रहेको भन्दै
त्यसबेलासम्म पनि सरकारले यो व्यवस्था हटाएन र दाउरा ल्याउन सकिएन दाहासंस्कार
गर्न समस्या पर्ने अध्यक्ष पौडेलको भनाई छ ।
सरकारको निर्णयको कारण दाउराको अभाव भएको बारेमा वन मन्त्री र
सचिवसम्मलाई जानकारी गराएपनि मन्त्री परिषदको बैठकले नै सालको काठ
ढुवानीमा रोक लगाएको हुँदा मन्त्रालय स्तरबाट केही गर्न नसकिने मन्त्रालयबाट
जानकारी प्राप्त भएको अध्यक्ष पौडेलले भन्नुभयो ।
यस समस्याको बारेमा मंगलबार देवघाट क्षेत्रको अवलोकनमा आउनु भएकी
प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहाकार सीता पौडेललाई पनि
जानकारी गराईएको अध्यक्ष पौडेलले बताए । प्रधानमन्त्रीकी सल्लाहाकार पौडेलले
आफु काठमाडौं फर्किएपछि प्रधानमन्त्रीलाई यस बारेमा जानकारी गराउृने र
समस्या समाधानकोलागि पहल गर्ने बताईन् ।

पवित्र कालीगन्डकी र त्रिशुलीको संगमस्थल देवघाटमा शवको दाहासंस्कारकोलागि
देशका धेरै ठाउँबाट ल्याउने गरिन्छ । देशकै मध्य भागमा रहेको यस धाममा
दाहासंस्कार गर्दा मृत आत्माले शान्ती पाउने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय