बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

Devghat Online

शेयर गरौ

२१ साउन, दमौली
पुर्ण अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको अरोपमा पुर्पक्षकोलागि थुनामा रहेका भिमाद नपा–९ पाईमीका १८ वर्षीया शंकर परियारलाई जिल्ला अदालत, तनहँुले जन्मकैदको फैसला गरेको छ ।
आरोपितले सोही ठाउँकी पुर्ण अपाङ्गता भएकी महिलालाई २०७६ मंसिर १२ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि परियार पक्राउ परेका थिए ।

जिल्ला अदालतका न्यायधीश बासुदेव पौडेलको इजलासले बुधबार आरोपितलाई जन्मकैद र क्षतिपूर्ति बापत ५० हजार रुपैयाँ भराउने फैसला गरेको जिल्ला अदालतका निमित्त श्रेस्तेदार जीवन पौडेलले जानकारी दिए । आरोपित विरुद्ध गत मङ्सिर २ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक