भरुवा बन्दुक सहित पक्राउ

Devghat Online

शेयर गरौ

२१ साउन, दमौली
प्रहरीले भरुवा बन्दुक सहित भानु नपा वडा नम्बर ३ तुर्लुङकोटका ६७ बर्षीय सन्तबहादुर तामाङलाई पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा तामाङको घरमा छापा मार्न गएको प्रहरी टोलीले घरमा अवैध रुपमा काठको बट भएको एकनाले भरुवा बन्दुक १ थान र ५ सय ग्राम कालो धुलो बारुद लुकाई छिपाई राखेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले बताए ।
उनको साथमा बन्दुक र बारुद पनि बरामद गरिएको छ । पक्राउ परेका तामाङलाई कानुन बमोजिम हातहतियार खरखजना मुद्धामा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक