पत्रकार बलराम बाँनिया मृत फेला

Devghat Online

शेयर गरौ

२८ साउन, काठमाडौं
नेपाल पत्रकार महासंघका पूर्व सचिव एंव कान्तिपुर दैनिकमा आबद्ध पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले पत्रकार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजे मकवानपुरको सिस्नेरीमा रहेको माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको बताए । बाँनियाको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएपछि कान्तिपुर पब्लिकेशनले प्रहरीलाई खबर गरेको थियो । राजधानीको बल्खुचोकमा सोमबार पौने चार बजे प्रहरीको गस्ती टोलीले उहाँलाई सोधपुछ गरेको थियोे । बानियाँ पुलमुनि जाँदै गर्दा उहाँको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि पानीको वहाबले बगाएको स्थानीयले प्रहरीलाई जानकारी गरेको एसएसपी थापाले जानकारी दिए ।

तनहूँको भानु नगरपालिका निवासी बाँनिया तीन दशकदेखि कान्तिपुर दैनिकमा आबद्ध थिए । मृतक बाँनियाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनी नेपाल पत्रकार महासंघका पूर्व सचिव समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक