जालसाजी मुद्धामा फरार अभियुक्त पक्राउ

Devghat Online

शेयर गरौ

३२ साउन, दमौली
तनहूँ प्रहरीले जालसाजी मुद्धामा फरार अभियुक्तलाई तिन वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर गाउपालिका वडा नम्बर २ पार्चे तिनपाटेका ७२ वर्षीय रुद्र बहादुर कामी रहेका छन् ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहको खोजी गर्ने कार्य तिब्रता दिदै आएको तनहूँ प्रहरीले जालसाजी मुद्दामा फरार रहेका कामीलाई गत शुक्रबार आफ्नै घरबाट पक्राउ गरेको हो ।
उनी विरुद्ध तनहुँ जिल्ला अदालतको २०७४ भदौ ४ गतेको फैसला अनुसार तोकिएको जरिवाना मध्ये ७ लाख २५ हजार जरिवाना तिर्न बाँकी रहेको जनाईएको छ ।
पक्राउ परेका कामीलाई आईतबार तनहुँ जिल्ला अदालत समक्ष पेश गरि सजाय भुक्तानकोलागि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी युवराज तिमिल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक