समुदायमा कोरोना देखिएपछि देवघाटमा ३८ जनाको स्वाव संकलन (फोटो फिचर)

Devghat Online

शेयर गरौ

३२ साउन, देवघाट समुदायका व्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएपछि तनहूँको देवघाट गाउँपालिकामा ३८ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणकोलागि पठाईएको छ ।केही दिन अघि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल सहित दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि देवघाट क्षेत्रमा उच्च सतर्कता अपनाईएको छ । कोरोनाको जोखिम भयावह भएको हुँदा दुई जना संक्रमितको सम्पर्कमा आएका३८ जनाको दुई पटक गरि स्वाब संकलन गरि परिक्षणकोलागि चितवनको भरतपुरमा रहेको कोभिड–१९ को प्रयोगशालामा पठाईएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदिप बुढाथोकीले जानकारी दिए । यसैगरि बुधबार स्वाब संकलन गर्न नभ्याईएका बाँकी २४ जनाको आईतबार स्वाब संकलन गरिएको छ ।आईतबार २४ जनाको स्वाब संकलन गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी र अन्य नागरिक सामाजका व्यक्तिहरुको स्वाब संकलन गरि परिक्षणकोलागि पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय