देवघाटका सबैको पिसिआर रिर्पाेट नेगेटिभ

Devghat Online

शेयर गरौ

१ भदौ, देवघाट
देवघाट गाउँपालिकामा स्वाब संकलन गरि पिसिआर परिक्ष्ण गरेका सबैको रिर्पाेट नेगेटिभ आएको छ । गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदिपकुमार बुढाथोकीका अनुसार पिसिआर परिक्षण गरेका सबै ३८ जनाको रिर्पाेट नेगेटिभ आएको हो ।

होम क्वारेन्टाइन र कन्ट्याक्ट ट्रेसिंगको आधारमा ११ महिला र ३२ पुरुष गरि ४३ जनाको स्वाव नमुना संकलन गरि साउन २८ गते भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा पठाईएकोमा प्राविधिक कारणले २९ जनाको पुनः स्वाव निकाल्नु पर्ने भएकोमा पुनः साउन ३२ गते आईतबार नमुना निकाल्दा त्यस मध्येृ पनि २४जना मात्रै उपस्थित भएको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले बताए ।

सबै गरि महिला ११ र पुरुष २७ गरि ३८ जनाको नमुना परिक्षण गरिएकोमा सोमबार विहान प्राप्त रिर्पाेट अनुसार सबैको नेगेटिभ आएको बुढाथोकीले बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले पनि स्वाव परिक्षण गरिएका आफुहरुको रिर्पाेट नेगेटिभ आएको हुँदा गाउँपालिकामा डराउनु पर्ने अवस्था नरहेको बताए । अहिले गाउँपालिका लकडाउनको अवस्थामा रहेको हुँदा सबै नागरिक सुरक्षित साथ घरमै बस्न अध्यक्ष थापाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक