सुरक्षित रहेर, घरमै बसेर चाडबाड मनाउन देवघाटका अध्यक्ष थापाको अपिल

Devghat Online

शेयर गरौ

३ भदौ, देवघाट

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सुरक्षित रहेर, घरमै बसेर चाडबाड मनाउन गाउँपालिकाबासीलाई अपिल गरेका छन् । बुधबार विशेष अपिल प्रकाशित गरि अध्यक्ष थापाले आधुनिक मानव सभ्यतालाई नै चुनौती दिने गरि कोभिड १९ (कोरोना भाईरस) हाम्रो घर आँगनमै आईसकेको हुँदा सबै गाउँपालिकाबासी सुरक्षित भएर बस्न अपिल गरेका छन् ।

कोभिड १९ को माहामारीको जोखिम र संक्रमणको खतरालाई मध्यनजर गर्दै देवघाटमा नयाँ मापदण्ड सहितको बन्दाबन्दी आह्वान गरिएको सबैमा अवगत रहेको भन्दै अध्यक्ष थापाले महामारी विरुद्ध देवघाटमा जारी अभियानलाई थप प्रभावकारी बनाउन जनस्तरबाट सहयोग र सहकार्य हुनु आवश्यक रहेको अध्यक्ष थापाले जनाएका छन् ।

पौराणिक समयदेखी नै सांस्कृतिक रितिरिवाज, सद्भाव तथा जागरण र महिलाहरुले उत्सवको रुपमा मनाउँदै आएको हरितालिका पर्व तिजको अवसरमा सम्पुर्ण गाउँपालिकाबासीमा शुभकामना व्यक्त गर्दै अध्यक्ष थापाले यसपाली यो पर्वलाई आपसमा जुटेर, भेला भएर, टोल छिमेकमा यताउता गरेर नभई सबैले आ आफ्नै घरमा सावधानी र सुरक्षित भएर मनाउन अनुरोध गरेका छन् ।

मापदण्ड अनुसारका आईसोलेसन र क्वारेन्टाइनमा रहेका सबै नागरिकको स्वास्थ्यलाभको कामना समेत अध्यक्ष थापाले गरेका छन् । कंही कतै त्रसित बनाउने, भय सिर्जना गर्ने, संक्रमितलाई छिःछिः र दुरदुर गर्ने जस्ता अमानवीय व्यवहार नगरौ, संक्रमितलाई हौषला बढाउने र मनोबल उच्च राख्न प्रेरित गर्न अध्यक्ष थापाले अपिल गरेका छन् । माया, स्नेह, सम्मानबाट नै संक्रमितको हौसला बढ्ने कुरालाई मनन गर्न अध्यक्ष थापाले अनुरोध गरेका छन् ।

जिवन रहे आगामी वर्षमा चाडबाड मनाउन, रमाईलो गर्न र नातागोता भेटघाट गर्न सकिन्छ भने जिवन नै नरहे ति सबै सपना मात्रै हुन्छन् । तथापि यस्तो संवेदनशिल स्थितीमा सबै जना सजग र सचेत बन्नु पर्ने तथा सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने, सरसफाईमा ध्यान दिने, आत्मबल बलियो बनाउने र सकारात्मक सोचको विकास गर्ने तथा सन्तुलित भोजन गर्ने कुरामा पनि ध्यान दिनु पर्ने अध्यक्ष थापाको भनाई छ ।

संकटको घडीमा सबै जना कोभिड–१९ को महामारी विरुद्धको यो लडाई जित्न पहिले आफु घरमै सुरक्षित, सचेत र सजग बन्न अध्यक्ष थापाले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक