भन्छन् ः बेसार पानी र वाफ लिएँ, आत्मबल बलियो बनाउनुस्
३ भदौ, देवघाट
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले कोरोनालाई जितेका छन् । बुधबार दिउँसो आएको पछिल्लो पिसिआर रिर्पाेटमा पौडेलको रिर्पाेट नेगेटिभ आएको थियो । अध्यक्ष पौडेललाई साउन २८ गते कोरोना पुष्टि भएको थियो । उनी आफ्नै घरमा आईसोलेसनमा थिए ।
देवघाट अनलाईनसँग कुरा गर्दै अध्यक्ष पौडेलले आफ्नो रिर्पाेट नेगेटिभ आएको बताए । गत साउन ३२ गते अध्यक्ष पौडेल सहित देवघाटका ४३ जनाको स्वाब संकलन गरि पोखरामा परिक्षणकोलागि पठाईएको थियो । सो परिक्षणको बुधबार रिर्पाेट प्राप्त भएको थियो । जसमा अध्यक्ष पौडेल सहित ४२ जनाको रिर्पाेट नेगेटिभ आएको थियो भने महेश संस्कृतक गुरुकुलमा अध्ययन गर्ने एक जना विद्यार्थीको रिर्पाेट पोजेटिभ आएको थियो ।



यस अघि अध्यक्ष पौडेलसँगै कोरोना संक्रमण भएका अर्का व्यक्तिको पनि रिर्पाेट नेगेटिभ आएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदिपकुमार बुढाथोकीले बताए ।
कोरोनामुक्त भएपछि देवघाट अनलाईनसँग कुरा गर्दै अध्यक्ष पौडेलले नियमित रुपमा बेसार पानीको सेवन तथा वाफ लिएको र सबैभन्दा महत्वपुर्ण आत्मबल बलियो पारेर कोरोनालाई परास्त गरेको बताए ।
होम आइसोलेनसमा बस्दा कुनै लक्षण नदेखिएपनि आफु निकै सचेत र सावधान भएको पौडेलले बताए । निरन्तर स्वास्थ्यकर्मीको निगरानीमा रहेका पौडेलले कुनै औषधी भने सेवन गरेनन् । दैनिक रुपमा बाफ लिने, कागती पानी र बेसारपानी पिएको भन्दै उनले सरसफाई र नियमित भोजन तथा ध्यान, योग र व्यायाम पनि गरेको बताए ।
कोरोना मुक्त भएपनि अझै एक साता आफु होम आईसोलेसनमै रहने भन्दै अध्यक्ष पौडेलले यस विचमा आफ्नो स्वास्थ्य प्रति चासो राख्ने र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
कोभिड–१९ को जोखिम दिनप्रतिदिन बढ्दै गएकाले सबै सजग हुनुपर्नेमा पौडेलको सुझाव दिए । प्रशासनले देवघाटमा बुधबारबाट एक साता निषेधाज्ञा जारी गरेको भन्दै सबैले सो निषेधाज्ञाको पालना गर्नु पर्ने उनले बताए ।












