म्याग्देमा एक साता लकडाउन लम्बियो

Devghat Online

शेयर गरौ

१२ भदौ, दमौली
तनहुँको म्याग्दे गाउँपालिकाले भदौ १७ गतेसम्म लकडाउन लम्ब्याएको छ । भदौ १० गते बिहीबार म्याग्दे गाउँपालिकाका ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले भदौ १७ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएकाहरुबाट कन्ट्याक्ट ट्रेसिङ शुरु भइसकेको र ट्रेसिङमा परेकाहरुको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले जानकारी दिए ।

कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन लम्ब्याउने निर्णय भएको नागिलाले बताउनु भयो । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले लकडाउनको पूर्ण पालना गर्न र अनावश्यक रुपमा हिँडडुल नगर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू