व्यास नपामा हट्यो लकडाउन

Devghat Online

शेयर गरौ

१२ भदौ, दमौली
व्यास नगरपालिकाले भने लकडाउन हटाउने निर्णय गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा भदौ १२ गते बसेको सर्वपक्षीय बैठकले नगरपालिकामा शनिबारदेखि लकडाउन हटाउने निर्णय गरेको हो ।

यसअघि नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहँुले भदौ १ गतेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो भने नगरपालिकाले थप पाँच दिन लकडाउन गर्ने निर्णय गरेको थियो । बैठकले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बजार खुल्ला गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । तर २० गतेसम्म सार्वजनिक यातायात, होटल रेष्टुरेण्ट, जिम हाउस, सैलुन, व्युटीपार्लर बन्द रहनेछन् ।

बैंक तथा वित्तीय संस्थाहरु दिवा समयमा बिहान ११ बजेदेखि ३ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई, भौतिक दूरी कायम गरी सञ्चालन गर्न अनुरोध गरेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाई सभापति राजकुमार श्रेष्ठ (राकु) ले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक