बाल यौन दुव्र्यहवार मुद्धाका फरार व्यक्ति पक्राउ

Devghat Online

शेयर गरौ

२२ भदौ, दमौली
बाल यौन दुव्र्यहवार मुद्धामा फरार रहेका आबुखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने बर्ष ३४ को जयकृष्ण श्रेष्ठलाई प्रहरीले आईतबार पक्राउ गरेको छ । श्रेष्ठले सोही ठाउँकी १२ वर्षीया बालिकालाई २०७५ चैत १० गते यौन दुव्र्यहवार गरेको भन्दै सोही दिन इलाका प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

प्रहरीले चैत १० गते नै श्रेष्ठलाई पक्राउ गरि जिल्ला अदालतमा बाल यौन दुव्र्यहवार सम्बन्धी मुद्धा दर्ता गरेकोमा तनहूँ जिल्ला अदालतले २०७६ बैशाख ५ गते धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । पछि सो मुद्धा सुनुवाईको क्रममा जिल्ला अदालतले २०७६ साउन २९ गते श्रेष्ठलाई २ महिना ५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना गराउने फैसला गरेको थियो । तर श्रेष्ठ अदालतको फैसला अनुसार कैद सजाय र जरिवाना भुक्तान नगरि फरार रहेका थिए ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड तथा जरिवाना समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने क्रममा प्रहरीले श्रेष्ठलाई आईतबार विहान पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय तनहूँका डिएसपी युवराज तिमिल्सेनाले बताए । उनलाई आईतबार नै जिल्ला अदालतमा पेश गरि कैद भुक्तानकोलागि कारागार कार्यालय पठाईएको डिएसपी तिमिल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू