तनहूँका पाण्डेलाई अमेरिकामा ‘आलु अनुसन्धान छात्रबृत्ती’

Devghat Online

शेयर गरौ

२२ भदौ, दमौली
तनहूँको व्यास नपा १३ गुँदी घर भएका जिवन पाण्डेले अमेरिकामा आलु अनुसन्धान छात्रबृत्ती प्राप्त गरेका छन् । हाल अमेरिकाको टेक्सास एग्रिकल्चर एण्ड मेकानिकल युनिर्भसिटीमा एिएचडी अध्ययनरत पाण्डेले केही दिन अघि अमेरिकाको राष्ट्रिय आलु अनुसन्धान परिषदबाट १० हजार डलरको छात्रबृत्ती प्राप्त गरेका हुन् ।

उक्त विश्वविद्यालयमा बाली प्रजनन विषयमा पिएचडी अध्ययनरत पाण्डेले केही दिन अघि अमेरिकाको राष्ट्रिय आलु अनुसन्धान परिषदबाट आफुलाई आलुको अनुसन्धानकोलागि छात्रबृत्ती प्रदान गरिएको जानकारी इमेल मार्फत प्राप्त भएको बताए । अमेरिकी सरकार अन्तर्गतको उक्त राष्ट्रिय आलु अनुसन्धान परिषदले सन १९९८ बाट हरेक वर्ष छात्रबृत्ती प्रदान गर्दै आईरहेको छ । १० हजार डलरको उक्त छात्रबृत्ती पाउने पाण्डे पहिलो नेपाली विद्यार्थी हुन् ।

यसबाट आलुको विषयमा थप अध्ययन तथा अनुसन्धान गर्न थप हौसला र प्रेरणा प्राप्त भएको पाण्डेले बताए । पाण्डेले प्राप्त गर्ने छात्रबृत्तीको विषय आलु बाली प्रजननमा डिएनएमा आधारित मार्करहरुको प्रयोगसँग सम्बन्धित छ । यसले गर्दा आलुको नयाँ प्रजातीहरुमा किटनाषक विषादीको प्रयोग कम गर्न सकिने पाण्डेले बताए । अहिले आफु आलुको अनुवंशिक विविधताको अध्ययनमा लागेको पाण्डेले बताए ।

चितवनको रामपुर कृषि क्याम्पसबाट बाली विज्ञानमा स्नातक गर्नु भएका पाण्डे थप अध्ययनकोलागि अमेरिका गएका थिए । उनले अमेरिकाको युनिभर्सिटी अफ अकान्ससबाट कृषिमा स्नातकोत्तर गरेका छन् भने हाल टेक्सास एग्रिकल्चर एण्ड मेकानिकल युनिर्भसिटीमा पिएचडीको तेश्रो बर्षमा अध्ययनरत छन् ।

आफ्नो अध्ययन र अनुसन्धान पछि अमेरिकामा सिकेको सिप र ज्ञानलाई आफ्नै देशमा आई प्रयोग गर्ने पाण्डेले बताए । नेपालमा पनि आलुको राम्रो उत्पादन हुने स्थान र सम्भावनाहरु छन् । अव आफुले सिकेको सिपलाई नेपालमा आई धेरै भन्दा धेरै आलु उत्पादनमा प्रयोग गर्ने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी

मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडकको लागि बजेट माग

देवघाट । बैशाख १२ देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालयले मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडक (मुग्लिन–नारायणगढ सडकको