नागरिकता किर्ते मुद्धामा वडा अध्यक्ष पक्राउ

Devghat Online

शेयर गरौ

२२ भदौ, दमौली
किर्ते नागरिकता मुद्धामा तनहूँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडा अध्यक्ष प्रकाश मल्ललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मल्ललाई इलाका प्रहरी कार्यालय डुम्रेबाट गएको प्रहरी टोलीले घरबाट नै पक्राउ गरेको हो ।

मल्लले २०५४ सालमा साविक गजरकोट गाविस वडा नम्बर ४ (हाल घिरिङ गाउँपालिका) का अम्बरबहादुर थापाको छोरा राजु थापालाई भानुका होमबहादुर थापाको छोरा भन्ने झुटो विवरण बनाई नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोप लागेको थियो ।

नागरिकताको किर्ते गरेको सोही मुद्धामा जिल्ला अदालतले मल्ललाई २०५५ बैशाख २० गते दोषी ठहर गरेको थियो । अदालतले मल्ललाई एक वर्ष कैद फैसला गरेको थियो । तत्कालिन जिल्ला न्यायधिश उदयराज चापगाँईको इजलासले सो फैसला गरेको थियो । अदालतको फैसला अनुसारको कैद भुक्तान नगरी मल्ल तत्कालिन अवस्थामा फरार रहेका थिए । धेरै वर्ष बिदेश बसेर मल्ल नेपाल फर्किई राजनीतिक तथा सामाजिक काममा सक्रिय थिए ।

उनको सो मुद्धाको बारेमा धेरैलाई जानकारी नभएपछि त्यही मौकाको फाईदा उठाई मल्लले २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदबारी दिएर बिजयी समेत भएका थिए ।

विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने क्रममा २२ वर्ष पुरानो मुद्धाका अभियुक्त वडा अध्यक्ष मल्ललाई पक्राउ गरिएको डिएसपी तिमिल्सेनाले बताए । उनलाई सोमबार नै अदालतमा पेश गरि कैद भुक्तानकोलागि कारागार कार्यालय तनहँुमा पठाईएको छ ।

मल्ल गत बैशाख ११ गते भानु नपा–१ का २१ वर्षीय पविन गुरुङको हत्याको घटनामा पक्राउ परि अदालतको आदेशमा जेठ ८ गते ५० हजार धरौटीमा रिहा भएका थिए । सो मुद्धाको अहिलेसम्म फैसला भएको छैन ।

वडा अध्यक्षको पद धरापमा
यसैविच नागरिकता किर्ते सम्बन्धि गम्भिर प्रकृतिको अपराधमा संलग्न भएको पुष्टि भएपछि वडा अध्यक्ष मल्लको पद धरापमा परेको छ । उक्त अभियोग फौजदारी प्रकृतिको भएको कारण उनको पद गुम्ने भएको छ । अधिवक्ता शिवदत्त ढकालले नागरिकता किर्ते सम्बन्धि मुद्धाको दोषी भएको कारण मल्लको वडा अध्यक्ष पद गुम्न सक्ने बताए ।

निर्वाचन सम्बन्धि कानुनमा पनि फौजदारी मुद्धामा सजाय पाएका व्यक्ति कुनै पनि निर्वाचन लड्न अयोग्य हुने व्यवस्था छ । तर मल्लको मुद्धाको बारेमा निर्वाचनको समयमा कसैलाई जानकारी नभएको कारण उनले निर्वाचन लडेर बिजयी हुने मौका पाए ।
निर्वाचनको क्रममा यो घटना भएको भए मल्लको उम्मेदबारी रद्ध हुने थियो । तर मल्लले कानुनलाई समेत छक्याउँदै करिब ३ वर्ष वडा अध्यक्षको पद सम्हाले । निर्वाचन सम्बन्धि कानुनमा भएको व्यवस्था अनुसार मल्ल अव भविष्यमा कुनै पनि निर्वाचन लड्न अयोग्य भने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा