शहीद स्मृती दिवस सम्पन्न

Devghat Online

शेयर गरौ

३० भदौ, देवघाट
जनयुद्धका शहीद मेघनाथ लामिछानेको १६ औं स्मृति दिवस मंगलबार देवघाटमा सम्पन्न भयो । नेपाल कम्युनिष्ट पार्टी (नकेपा) देवघाट गाउँ पालिका कमिटिको आयोजनामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरुले कम्युनिष्ट पार्टीको नेतृत्वको वर्तमान सरकारले शहीदको सपना पुरा गर्दै सुखी नेपाली समृद्ध नेपाल बनाउने बताए ।

नेकपा देवघाटका अध्यक्ष भुवनसिंह गुरुङको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य एवं देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, नेकपा जिल्ला सदस्य बाबुराम अधिकारी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल, नेकपा गाउँ कमिटिका सचिव केशवचन्द्र न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

लामिछानेको २०६१ भदौ ३० गते चितवनको खोलेसिमलमा सुरक्षाकर्मीको कारवाहीमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा