छिम्केश्वरी मन्दिरमा कार्यपालिकाको बैठक

Devghat Online

शेयर गरौ

छिम्केश्वरी मन्दिर पुननिर्माणकोलागि १५ लाख रुपैया विनियोजन
मंसिर ५, दमौली
आवुखैरेनी गाउँपालिकाको कार्यपालिकाको बैठक वडा नम्बर ५ स्थित तनहूँको सबैभन्दा अग्लो चुचुरो छिम्केश्वरी मन्दिरमा शुक्रबार सम्पन्न भएको छ । निकै धार्मिक तथा ऐतिहाँसिक महत्व बोकेको भएपनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छिम्केश्वरी मन्दिरको पर्यटन प्रबद्र्धन गर्ने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार गर्ने उद्देश्यले गाउँपालिकाको आठौं कार्यपालिकाको बैठक छिम्केश्वरी मन्दिर नजिकैको लाब्दीमा बसिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए ।

कार्यपालिका बैठकले समयमै पुननिर्माण नहुँदा जिर्ण बनेको छिम्केश्वरी मन्दिरको पुननिर्माणकोलागि थप १५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ । यस अघि गाउँ सभाले चालु आ.व.मा मन्दिर पुननिर्माणकोलागि १५ लाख नै विनियोजन गरेको थियो । शुक्रबारको बैठकले थप १५ लाख विनियोजन गरि ३० लाख रुपैयाँ पु¥याएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिनु भयो । बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजनाहरु पनि छनौट गरेको छ ।

प्रचुर पर्यटकीय सम्भावना भएपनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छिम्केश्वरीको थप प्रचार प्रसार गर्ने उद्देश्यले पहिलो पटक कार्यालय बाहिर कार्यपालिकाको बैठक आयोजना गरिएको आवुँखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । छिम्केश्वरीमै आएर बैठक बसेको हुँदा अव यसको थप प्रचार हुने उनले विश्वास व्यक्त गरे ।

महाभारत पर्वतीय सृङखलाको सबैभन्दा उचाई २ हजार १ सय ३४ मिटरमा रहेको छिम्कालेकमा अवस्थित छिम्केश्वरी मन्दिर पृथ्वीराजमार्गको सत्रसयबाट १५ किलोमिटर कच्ची सडकमा लाब्दीसम्म र त्यसपछि करिब एक घन्टा पैदल यात्रा मार्फत पुग्न सकिन्छ । धार्मिक आस्थाको केन्द्र भएपनि उल्लेख्य संख्यामा भक्तजनहरु छिम्केश्वरी पुग्न सकेका छैनन् ।

कच्ची ग्रामिण सडक तथा उचित प्रचार नहुँदा यो महत्वपुर्ण स्थान ओझेलमा परेको छ । छिम्केश्वरी देबीलाई गोरखाको प्रसिद्ध गोरखकाली र मनकामना देवीको दिदिको रुपमा हिन्दुधर्मावलम्बीले पुज्दै आएका छन् । छिम्केश्वरी देबीको दर्शन गरेमा मनोकामना पुरा हुने जन विश्वास छ ।

पछिल्लो समय पर्यटकीय सम्भावना भएका स्थानमा कार्यपालिकाको बैठक बस्ने क्रम सुरु भएको छ । यस अघि व्यास नगरपालिकाको कार्यपालिकाको बैठक पछिल्लो समय निकै चर्चामा आएको वडा नम्बर ५ को मानुङ डाँडामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी