नरभक्षी चितुवा पासोमा पर्यो

Devghat Online

शेयर गरौ

११ मंसिर, भानु
तनहुँको भानु नगरपालिका– २ फुस्रेटारस्थित मजुवा ओखले सामुदायिक वनमा थापिएको पासोमा चितुवा परेको छ । सोही ठाउँका ७८ वर्षका हरिभक्त ढकालले बनाएको बाख्रासहित थापिएको काठले बनाइएको परम्परागत खोरमा बिहीबार बिहान बाख्रा लिन जाँदा चितुवा फेला परेको हो ।

नरभक्षी चितुवाको आक्रमणले साढे दुई वर्षको अवधिमा तनहुँमा १० जना बालबालिकाको मृत्यु र ६ जना बालबालिका घाइते भइसकेका छन । जसमध्ये सबैभन्दा धेरै भानु प्रभावित भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । भानुमा मात्रै ६ जना बालबालिकाको नरभक्षी चितुवाको आक्रमणबाट मृत्यु भएको छ । चितुवा पासोमा परेपछि स्थानीय खुसी भएका छन् ।

ढकालले बनाएको पासोमा ४ वटा चितुवा परी सकेको र प्रोत्साहन गर्नको गत वर्ष १० हजार नगदसहित सम्मान गरिएको भानु नगरपालिका प्रमुख उदयराज गौलीले जानकारी दिए । सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको विभिन्न ठाउँमा गरी १८ वटा खोर निर्माण गरी राखेर चितुवाको पासो थापिएको डिभिजन वन कार्यालयले जनाएको छ । पासोमा १० चितुवा परिसकेका छन् । पासोबाट नियन्त्रणमा लिइएका चितुवालाई राष्ट्रिय निकुञ्जमा लगेर बुझाईएको छ ।

नरभक्षी चितुवाको विगीविगी रोक्न मद्दत पु¥याउन भान नगरपालिका क्षेत्रमा एक साताअघि ट्रापिङ क्यामरा जडान गरिएको थियो । प्रभावित वडाका २२ वटा सामुदायिक वनमा ७६ वटा ट्रयापिङ क्यामेरा जडान गरिएको जिल्ला वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटले जानकारी दिए । डिभिजन वन कार्यालय तनहुँ र कास्कीको पहलमा उक्त वन क्षेत्रमा क्यामेरा राखिएको हो ।

१र१ किलोमिटरको फरकमा क्यामेरा फिट गरिएको फिट गरिएकोे र क्यामेराले र त्यसले जङ्गलमा हिड्ने वन्यजन्तुहरुको दृश्य कैद गर्नेछ । आक्रमणले मान्छेहरु घरबाट बाहिर निस्कन डराउनु पर्ने अवस्था आएपछि चितुवा र चितुवाको आहारा हुने प्रजातिको अनुसन्धान गर्न त्यस्तो ट्रयापिङ क्यामेरा राखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक