देवघाटमा लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण

Devghat Online

शेयर गरौ

९ पुस, देवघाट
देवघाट गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण कार्यक्रम विहिबार सम्पन्न भयो । सो कार्यक्रममा बोल्ने वक्ताहरुले अव लैिङ्गक हिंसालाई न्युनिकरण गर्नुको सट्टा यस्ता हिंसालाई सँधैको लागि अन्त्य नै गर्नुपर्ने बताएका छन् ।

सो कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले पुरूषको तुलनामा महिलाहरू नै बढी पिडित रहेको हिंसामा परेकाहरुलाई न्याय दिनु पर्ने बताईन् । थापाले प्राय महिलाहरूले आफ्ना मनका कुरा अरूका सामु खुल्न नसकेर, पिडा पोख्न नसकेर महिला हिंसामा परेको बताईन् ।

प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले लैिङ्गक हिंसा न्युनिकरण सम्बन्धी यस्ता कार्यक्रमले महिला दिदीबहिनीहरूलाई केही थप ज्ञान प्राप्त गर्न सहयोग पुग्ने भन्दै केही वर्ष अघि भन्दा अहिले लैङ्गिक हिंसाको घटनामा केही कमी आएको बताए । उनले महिला दिदीबहिनीहरूलाई जो व्यक्ति पिडित छ उसैले आवाज उठाउन अनुरोध समेत गरे ।

वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालवहादुर गुरूङले लैङ्गिक हिंसा अन्त्य गर्ने अभियान आफैबाट सुरू गर्नुपर्ने बताए । महिला र पुरूष दुबैले एक अर्कामा पैदा हुने हिंसाको अन्त्य गर्न एकसाथ अघि बढे लैंङ्गिक हिंसाको अन्त्य गर्न सकिने बताए । उनले महिला÷महिला बिच हुने हिंसा एक अर्कामा इश्र्या गर्ने डाहा गर्ने जस्ता नकारात्मक सोचहरू हटाउनु पर्ने बताए ।

वडा नम्बर १ का अध्यक्ष भिमवहादुर गुरूङले तालिमलाई तालिमको रूपमा मात्र समित नभई आफ्नो दैनिक जिवनका कार्यान्वयन गर्न अनुरोध गरे । सो कार्यक्रममा महिला सञ्जालका अध्यक्ष सावित्री न्यौपाने, वडा सदस्य एवम् न्यायीक समिति सदस्य ठाकुरकुमारी काफ्ले लगाएतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा समाजमा रहेका कुरिती, कुप्रथा, लैङ्गिक हिंसा, मानव वेचविखन तथा ओसारपसार विरूद्व सचेतनामुलक कार्यक्रम तथा अभियान अन्तर्गत शान्ताकुमारी पौडेलले प्रशिक्षण दिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी